विद्यालय कर्मचारी र ईसीडी शिक्षकका लागि १० अर्ब १६ करोड छुट्याइयो

हिमाल प्रेस १५ जेठ २०८२ १६:०८ | Thursday, May 29, 2025
विद्यालय कर्मचारी र ईसीडी शिक्षकका लागि १० अर्ब १६ करोड छुट्याइयो

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बाल विकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्ने घोषणा गरिएको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा संघीय सरकारबाट यसका लागि सशर्त अनुदानमा वृद्धि गरिनेछ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी बजेटको प्रस्तुतीकरण गर्दै यसबारे जानकारी दिएका छन्।

यस योजनाअन्तर्गत, सामुदायिक विद्यालयका कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्न १० अर्ब १६ करोड विनियोजन गरिएको छ।

यसले ईसीडी र विद्यालयका कर्मचारीहरूलाई अझ थप प्रोत्साहन र सुविधा प्रदान गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने अपेक्षा सरकारको छ।

बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ [पूर्ण पाठसहित]

शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब १७ करोड रुपैयाँ बजेट

एसईईको जिम्मेवारी प्रदेश सरकारलाई

प्रकाशित: १५ जेठ २०८२ १६:०८ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast