विपक्षी दलले भन्यो – हाम्रो आन्दोलन जारी छ, बजेट ल्याउनमात्रै सहयोग गरेका हौँ

हिमाल प्रेस १५ जेठ २०८२ १५:०८ | Thursday, May 29, 2025
विपक्षी दलले भन्यो – हाम्रो आन्दोलन जारी छ, बजेट ल्याउनमात्रै सहयोग गरेका हौँ फाइल तस्बिर

काठमाडौँ– विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी नै रहेको स्पष्ट पारेका छन्।

विहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै विपक्षी दलका सांसदहरु उठेका थिए। त्यसपछि सभामुख घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।

उनले भिजिट भिसा प्रकरणमा आफूहरु आन्दोलनमै रहेको स्पष्ट पारे। आर्थिक सर्वेक्षणका साथै बजेट ल्याउने संवैधानिक प्रक्रिया भएकाले त्यसलाई मात्रै आफूहरुले सहयोग गरेको उनले बताए।

उनले भिजिट भिसा प्रकरण गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत भ्रम छर्न खाजेको भन्दै कर्मचारीलाई मात्रै दोष देखाएर कोही उम्कन नपाउने धारणा राखे।

पाण्डले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहने पनि उल्लेख गरे।

प्रकाशित: १५ जेठ २०८२ १५:०८ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast