विपक्षी दलको सहमतिपछि सदनको गतिरोध अन्त्य

हिमाल प्रेस २७ जेठ २०८३ १५:३५ | Wednesday, June 10, 2026
10
SHARES
विपक्षी दलको सहमतिपछि सदनको गतिरोध अन्त्य आफूले हालै गरेको भारत भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा बुधबार जानकारी गराउँदै परराष्ट्रमन्त्री शिशिर खनाल।

काठमाडौँ- विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएपछि प्रतिनिधिसभा बैठक आरम्भ भएको छ। सिंहदरबारमा बुधबार सत्ता पक्षसँगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न विपक्षी दलहरु सहमत भएका हुन्।

प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिए।

लामो समयसम्म सदन अवरुद्ध हुदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइने उनको भनाइ छ।

विपक्षी दलको सहमतिपछि परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा  आफूले गत साता गरेको भारत भ्रमणबारे जानकारी गराएका छन्।

प्रकाशित: २७ जेठ २०८३ १५:३५ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast