युवा संघमा क्षितिज र सुमन भिड्ने तयारी, दुवैको प्यानल बन्दै

हिमाल प्रेस ११ जेठ २०८२ १०:५७ | Sunday, May 25, 2025
युवा संघमा क्षितिज र सुमन भिड्ने तयारी, दुवैको प्यानल बन्दै

काठमाडौँ-  राष्ट्रिय युवा संघको १० औँ महाधिवेशन दुई दिनदेखि पोखरामा जारी छ। नेतृत्वले सर्वसम्मति चाहे पनि आकांक्षी पछि नहटेका कारण ढिलाइ भइरहेको छ।

अध्यक्ष पदमा सहमति नजुट्दा महाधिवेशन चुनावतर्फ धकेलिएको छ। शुक्रबार नै महाधिवेशन सुरु भएको भए पनि हालसम्म निर्वाचन प्रक्रिया अघि बढेको छैन।

अध्यक्षमा सुमन-क्षितिज प्रतिस्पर्धी, पछि हटे प्रकाश, महाराज र कृष्णहरि

नेतृत्वका ५ आकांक्षीमध्ये ३ जनाले दाबी छाडेका छन्। हालसम्म प्रकाश गौतम, महाराज गुरुङ र कृष्णहरि केसी अध्यक्षबाट पछि हटेका छन्। अहिले अध्यक्षको दाबेदारका रूपमा सुमन पुरी र क्षितिज थेवे प्रतिस्पर्धामा छन्।

यसअघिका महासचिव समेत रहेका सुमन चुनाव भिडेर भए पनि अध्यक्ष बन्ने तयारीमा छन्। निवर्तमान अध्यक्ष क्षितिज पनि दोहोरिने दाउमा छन्। नेताहरूका अनुसार अब उनीहरूबीच नै प्रतिस्पर्धा हुनेछ।

प्यानलको तयारी

अध्यक्षका दुवै आकांक्षीले प्यानल बनाउन थालेका छन्। क्षितिजले उपाध्यक्षमा महाराज गुरुङ र महासचिवमा महेश चौलागाईं राखेर प्यानल बनाएका छन्। क्षितिज टिमबाट महासचिवमा विजय शाह पनि दाबेदार छन्। नाम मिल्न भने बाँकी छ।

सुमन टिमबाट उपाध्यक्षमा प्रकाश गौतम र महासचिवमा पर्वत भण्डारी निश्चित छन्। नेताहरूका अनुसार यो प्यानलबाट उपमहासचिवमा कुवेर अधिकारी, सचिवमा अरुण कुँवर, मदन गिरी रहने जनाइएको छ।

प्रकाशित: ११ जेठ २०८२ १०:५७ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast