झापाका पर्वत भण्डारी युवा संघको महासचिव पदको उम्मेदवार

हिमाल प्रेस ११ जेठ २०८२ ८:५७ | Sunday, May 25, 2025
झापाका पर्वत भण्डारी युवा संघको महासचिव पदको उम्मेदवार

काठमाडौँ- झापाका पर्वत भण्डारीले युवा संघ नेपालको महासचिव पदमा उम्मेदवारी दिने भएका छन्। उनले पोखरामा जारी महाधिवेशनमा महासचिव पदमा दाबी रहने गरी उम्मेदवारी घोषणा गरेका छन्।

यसअघिका सचिव भण्डारी यसपटक कार्यकारी पदमा लड्ने तयारी गरेका हुन्। ‘सर्वसम्मतिबाट महाधिवेशन टुंगिने सम्भावना छ, नभए पनि निर्वाचन प्रक्रिया मान्न तयार छु।’ भण्डारीले भने। अहिले पोखरामा युवा संघ नेपालको महाधिवेशन चलिरहेको छ। अध्यक्षमा भने क्षितिज थेवे, सुमन पुरी लगायतले दाबी गरिरहेका छन्। उनको समर्थन सुमन पुरीलाई रहेको भण्डारी निकट कार्यकर्ता बताउँछन्।

 ‘पार्टी विधानअनुसार प्यानल बनाउन पाइदैन। त्यही कारण प्यानल भन्न मिल्दैन।’  उनी भन्छन्।

प्रकाशित: ११ जेठ २०८२ ८:५७ | Sunday, May 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast