संयुक्त जनआन्दोलन समितिले सुरू गर्‍यो धार्मिक तथा जनजागरण अभियान

हिमाल प्रेस १० जेठ २०८२ १९:४२ | Saturday, May 24, 2025
संयुक्त जनआन्दोलन समितिले सुरू गर्‍यो धार्मिक तथा जनजागरण अभियान

काठमाडौँ– राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको छ।

शनिबार काठमाडौँको जमल क्षेत्रबाट समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो।

कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरु सहभागी भएका थिए।

अभियानका क्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्यसहितको बहुदलीय प्रजातन्त्र कायम गर्न सहितको जनआन्दोलनको लक्ष्यबारे जनतासँग साक्षात्कार गरिने संयुक्त जनआन्दोलन समितिले जनाएको छ।

जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनमा सहभागिताका लागि आह्वानसहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० जेठ २०८२ १९:४२ | Saturday, May 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast