पोखरा आइपुगे प्रचण्ड, आज जनसभा

हिमाल प्रेस १० जेठ २०८२ ६:५५
10
SHARES
पोखरा आइपुगे प्रचण्ड, आज जनसभा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गरिरहेको माओवादी केन्द्रले आज पोखरामा जनसभा गर्दैछ। अभियानअन्तर्गत शनिबार दिउँसो गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक वटा अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो।

अभियानमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्नी सापकोटा, पम्फा भुसालसहितका नेता सहभागी छन्।

प्रकाशित: १० जेठ २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast