काबुलमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

हिमाल प्रेस २८ पुष २०७९ ७:१० | Thursday, January 12, 2023
काबुलमा आत्मघाती बम विस्फोट, २० जनाको मृत्यु

काबुल- अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

विदेश मन्त्रालयनजिकै भएको विस्फोटमा अन्य केही घाइते भएका छन्। अधिकारीहरूका अनुसार बम विस्फोट भएको समयमा तालिवान र चिनिया अधिकारीहरूबीच बैठक चलिरहेको थियो।

अफगानिस्तानमा चरमपन्थी संगठन इस्लामिक स्टेटले यस्तो आक्रमण गर्दै आएको छ। इस्लामिक स्टेटले गत वर्ष अफगानिस्तानमा भएका धेरै विस्फोटको जिम्मेवारी लिएको थियो।

पछिल्लो आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएको बीबीसीले जनाएको छ।

प्रकाशित: २८ पुष २०७९ ७:१० | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast