नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा

हिमाल प्रेस ७ जेठ २०८२ १८:१४ | Wednesday, May 21, 2025
नेसपा (नयाँ शक्ति) का पदाधिकारी माओवादीमा

रुकुम (पूर्व) – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का जिल्लास्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा नेसपाका जितमान पुनसहितका जिल्लास्तरीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

जनमुक्ति सेनाका पूर्वकमान्डर तथा पूर्वजिल्ला सेक्रेटरीसमेत रहेका पुनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरे। त्यसैगरी नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष प्रचण्डले स्वागत गरे।

पार्टी प्रवेश गर्नेहरुमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथ्बीहादुर घर्तीलगायत छन्।

अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गरे।

प्रकाशित: ७ जेठ २०८२ १८:१४ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast