जनयुद्धकालीन आश्रयस्थल थवाङ पुगे प्रचण्ड

हिमाल प्रेस ७ जेठ २०८२ १६:३६ | Wednesday, May 21, 2025
जनयुद्धकालीन आश्रयस्थल थवाङ पुगे प्रचण्ड रोल्पाको थवाङमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई स्वागत गर्दै कार्यकर्ता। तस्बिर सौजन्य : प्रचण्डको सचिवालय

रोल्पा- बैतडीको पाटनबाट सुरु गरिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान बुधबार रोल्पा आइपुगेको छ।

रोल्पाको थबाङमा अभियान टोलीको भव्य स्वागत गरिएको छ। स्थानीयवासी र पार्टीका नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई स्वागत गरेका हुन्।

थबाङ जनयुद्धका दिनमा अध्यक्ष प्रचण्डको महत्त्वपूर्ण आश्रयस्थल थियो। यस्तै रोल्पाको लाबाङ तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ।

अभियान टोली आज राति रोल्पामै बास बस्ने कार्यक्रम छ। माओवादीले २०५२ साल फागुन १ मा थालेको ‘जनयुद्ध’ २०६२ सालसम्म चलेको थियो।

१० वर्षे द्वन्द्वमा झण्डै १७,००० भन्दा बढी मानिसले ज्यान गुमाए भने हजारौँ विस्थापित र बेपत्ता भए। युद्धपछि विस्तृत शान्ति सम्झौता भई माओवादीहरू शान्तिपूर्ण राजनीतिमा प्रवेश गरे र नेपालमा गणतन्त्रको घोषणा भएको थियो।

प्रकाशित: ७ जेठ २०८२ १६:३६ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast