सुरक्षाकर्मीसँगको मुठभेडमा भारतको छत्तीसगढमा २६ नक्सलवादीको मृत्यु

हिमाल प्रेस ७ जेठ २०८२ १४:५९ | Wednesday, May 21, 2025
सुरक्षाकर्मीसँगको मुठभेडमा भारतको छत्तीसगढमा २६ नक्सलवादीको मृत्यु फाइल तस्बिर : हिन्दुस्तान टाइम्स

काठमाडौँ– भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएका छन्।

उपमुख्यमन्त्री अरुण साओले सुरक्षा बलसँगको मुठभेडमा २६ जना नक्सलवादी मारिएको पुष्टि गगरेका छन्।

सन् २०२६ को मार्चसम्ममा छत्तीसगढलाई ‘नक्सलवादी समूह’ मुक्त बनाउन सुरक्षा बलले लगनशीलताका साथ काम गरिरहेको उनले बताए।

उनेले एएनआईसँग भने, ‘राज्यमा हाम्रो सरकार बनेपछि बस्तरलाई नक्सलमुक्त बनाउने कार्यक्रम चलिरहेको छ। नारायणपुरमा भएको मुठभेडमा दुई दर्जनभन्दा बढी नक्सलवादी मारिएका छन्।’

उपमुख्यमन्त्री साओले मुठभेडको क्रममा एक सैनिक घाइते भएको पुष्टि गरे। मुठभेडबारे थप विवरण संकलन गर्ने काम भइरहेको उनले जनाएका छन्।-रासस/एएफपी

प्रकाशित: ७ जेठ २०८२ १४:५९ | Wednesday, May 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast