
काठमाडौँ- नेपालले एक खेलअगाबै आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।
आइतबार सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको हो। योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन्।
अब विश्वकप पुग्न अन्तिम चरणको छनोट बाँकी छ। जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष ४ टिम विश्वकपमा पुग्नेछन्।
प्रकाशित: ५ जेठ २०८२ १२:११
प्रतिक्रिया