राष्ट्रियसभामा ‘चलचित्र विधेयक’ पेस हुँदै

हिमाल प्रेस ५ जेठ २०८२ ७:२१ | Monday, May 19, 2025
राष्ट्रियसभामा ‘चलचित्र विधेयक’ पेस हुँदै

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यसूची छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ५३ बमोजिम सरकारको वार्षिक प्रतिवेदन, २०८०/८१ सभासमक्ष पेस गर्नेछन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ पेस गर्नेछन्।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ५ जेठ २०८२ ७:२१ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast