समाजवादीको महिला संघमा विवाद : मुनुलाई अध्यक्ष बनाएर महाधिवेशन सकियो

हिमाल प्रेस ५ जेठ २०८२ ६:२४ | Monday, May 19, 2025
समाजवादीको महिला संघमा विवाद : मुनुलाई अध्यक्ष बनाएर महाधिवेशन सकियो

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी)को अध्यक्षतामा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन्।

उनी समाजवादी नेता विरोध खतिवडाकी श्रीमती हुन्। उनी अध्यक्षकी आकांक्षी थिइनन्। अन्य आकांक्षीबीच सहमति नभएपछि उनलाई अध्यक्ष बनाइएको हो।

संघको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे सर्वसम्मत निर्वाचित भएकी छन् भने अन्य पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचनको प्रक्रियामा रहेको संघले जनाएको छ।

सम्मेलनमा संगठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै राजनीतिक, सांगठनिक, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरिएको छ।

‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नारा तय गरिएको सम्मेलनले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा रणनीति पारित गरेको छ।

प्रकाशित: ५ जेठ २०८२ ६:२४ | Monday, May 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast