शिक्षा विधेयक प्रतिवेदनः ईसीडी शिक्षकलाई ‘बाल सहजकर्ता’ भनिने, सेवा प्रवेश तालिम अनिवार्य

हिमाल प्रेस ४ जेठ २०८२ १८:०७ | Sunday, May 18, 2025
शिक्षा विधेयक प्रतिवेदनः ईसीडी शिक्षकलाई ‘बाल सहजकर्ता’ भनिने, सेवा प्रवेश तालिम अनिवार्य शिक्षक।

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित उपसमितिले आइतबार (वैशाख ४ गते) ले शिक्षा विधेयक–२०८० माथि ४५ दिन छलफल गरी समितिलाई बुझाएको प्रतिवेदनमा प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय संरचनामा राखे पनि त्यसमा कार्यरत ‘सहयोगी कार्यकर्ता’ (सका) लाई अब ‘बाल सहजकर्ता’ भन्ने शब्दहरू राखिएका छन्।

बाल सहजकर्ताको रूपमा नियुक्ति हुन कम्तीमा कक्षा १२ वा सो सरहको परीक्षा उत्तीर्ण हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। शिक्षा ऐन जारी भएपछि नियुक्ति हुने बाल सहजकर्ताले सेवा प्रारम्भ गर्नुअघि स्थानीय कानुनमा व्यवस्था भए बमोजिम सेवा प्रवेश तालिम पनि लिनुपर्ने छ।

त्यसैगरी, प्रतिवेदनमा बाल विकासलाई विद्यालय संरचनामा राखिएको स्पष्ट उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘‘‘आधारभूत शिक्षा’’ भन्नाले प्रारम्भिक बाल विकास तथा शिक्षादेखि कक्षा आठसम्मको विद्यालय शिक्षा सम्झनुपर्छ।’

बाल सहजकर्ताको शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

शिक्षा विधेयक : उपसमितिले बुझाएको प्रतिवेदनमा समेटिए यस्ता विषय (पूर्णपाठ)

प्रकाशित: ४ जेठ २०८२ १८:०७ | Sunday, May 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast