राजावादी आन्दोलन फेरि जुर्मुराउँदै

हिमाल प्रेस ४ जेठ २०८२ ८:२५
46
SHARES
राजावादी आन्दोलन फेरि जुर्मुराउँदै

काठमाडौँ-  राजावादीको संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ देखि गर्ने राजधानी केन्द्रित आन्दोलनको तयारी तीव्र तयारी गरिरहेका छन्। आन्दोलनलाई सश्कत बनाउन राजावादीहरूले  जनजागरण अभियान सञ्चालन गर्नेदेखि अन्तरक्रिया गर्नेसम्म गरिरहेका छन्।

यसअघि राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुर केन्द्रित ५ दिने जनजागरण अभियान सुरु गरेको छ। काठमाडौँको साँखुबाट सुरु हुने अभियान काठमाडौँको काँठ क्षेत्र हुँदै ललितपुरबाट भक्तपुरको चाँगुनारायण पुगेर समापन गरिने भएको छ।

‘कार्यक्रम तय गर्न एक कार्यदल बनाईएको थियो, कार्यदलले विस्तृत कार्यक्रम बैठकमा पेस गरेको छ’ स्रोतले भन्यो। कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आज एक भेला समेत आयोजना गरिएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट , नेपाली कांग्रेस (बीपी), राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान, शिव सेना नेपाल, नेपालका लागि नेपाली, शिव सेना नेपाल, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दु महासंघ लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।

यसैबीच राजावादीहरूले आन्दोलन अघि बढाउने विषयमा प्रवुद्ध वर्गसँग अन्तरक्रिया समेत गर्दैछन्। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार आगामी जेठ ६ मा अन्तरक्रिया कार्यक्रम गरिँदैछ।

प्रकाशित: ४ जेठ २०८२ ८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast