कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्छौँ : नेपाल

हिमाल प्रेस ३ जेठ २०८२ १५:१०
10
SHARES
कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्छौँ : नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाका बारे उजागर हुनुपर्ने बताएका छन्।

३२ औँ मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले दुई नेताको मृत्युका विषयमा विभिन्न चर्चा हुने गरेको भन्दै त्यसलाई उजागर गर्न सरकारको ध्यानाकर्षण गराए।

घटनाको छानविन गर्दै सत्यतथ्य ल्याएर अपराधीहरुलाई नांगेझार पार्नुपर्ने उनले बताए। अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे। कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनका लागि मदन भण्डारीले गरेको योगदानको स्मरण गर्दै उनले अब आफूहरु कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने उल्लेख गरे।

अध्यक्ष नेपालले विचार मिल्नेहरुसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने बताए।

कम्युनिष्ट आन्दोलनमा एकताबद्ध हुने र छाड्ने प्रक्रिया निरन्तर चल्ने भएकाले यसबाट आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast