ओलीले भने : हामीले आजकै दिन मदन-आश्रित गुमाएका थियौँ

हिमाल प्रेस ३ जेठ २०८२ ७:१२
6
SHARES
ओलीले भने : हामीले आजकै दिन मदन-आश्रित गुमाएका थियौँ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको बताएका छन्।

बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले स्वर्गीय भण्डारीको सम्झना गरेका हुन्।

‘३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ’, उनले लेखेका छन्, ‘जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो।’

अध्यक्ष ओलीले मदन–आश्रितको विचार र मार्गदर्शन आफूहरूको प्रेरण बन्ने उल्लेख गरेका छन्। ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ’, श्रद्धाञ्जली अर्पण गर्दै उनले लेखेका छन्।

प्रकाशित: ३ जेठ २०८२ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast