
चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए। बसमा ३९ जना सवार थिए।
घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: २ जेठ २०८२ ८:२७
प्रतिक्रिया