भ्रष्टाचार मुद्दा दर्ता भएपछि मोहन बस्नेत सांसद पद स्वतः निलम्बित

हिमाल प्रेस १ जेठ २०८२ १२:५८ | Thursday, May 15, 2025
भ्रष्टाचार मुद्दा दर्ता भएपछि मोहन बस्नेत सांसद पद स्वतः निलम्बित

काठमाडौँ- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। भ्रष्टाचार मुद्दा दायर भएपछि बस्नेत स्वतः नियलम्बित भएका हुन्।

अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ। उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित: १ जेठ २०८२ १२:५८ | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast