सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा ‘अवकाश कर्मचारी’को बर्चस्व, पूर्वन्यायाधीश र पूर्वमुख्यसचिव अध्यक्ष

हिमाल प्रेस १ जेठ २०८२ ६:३० | Thursday, May 15, 2025
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा ‘अवकाश कर्मचारी’को बर्चस्व, पूर्वन्यायाधीश र पूर्वमुख्यसचिव अध्यक्ष मन्त्रिपरिषद् बैठक

काठमाडौँ- सरकारले दुई आयोगमा अध्यक्ष र पदाधिकारी नियुक्त गरेको छ। बुधबार मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा महेश थापालाई अध्यक्ष नियुक्त गरेको छ। त्यस्तै बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौला अध्यक्ष नियुक्त भएकी छन्।

संखुवासभाका थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन्। तेह्रथुमकी गड्तौला पूर्वमुख्यसचिव हुन्। गड्तौला मुख्य सचिव हुने पहिलो महिला पनि हुन्।

मन्त्रिपरिषद बैठकले दुई आयोगमा अध्यक्षहरू बाहेक थप चार–चार जना सदस्यहरू पनि नियुक्त गरेको छ। सत्य निरूपण आयोगका सदस्यहरूमा जाजरकोटका अच्युतप्रसाद भण्डारी, पाँचथरका डा टीकाप्रसाद ढकाल, जुम्लाका पदमबहादुर शाही र कञ्चनपुरकी कुमारी कौशल्य ओझा छन्।

त्यस्तै बेपत्ता छानबिन आयोगका सदस्यहरूमा सल्यानका गोपालनाथ योगी, झापाका अग्निप्रसाद थपलिया, काठमाडौंकी सिर्जना पोखरेल र कास्कीकी विनिता नेपाली छन्।

आयोगका पदाधिकारीहरूको तलब तथा भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

प्रकाशित: १ जेठ २०८२ ६:३० | Thursday, May 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast