लुम्बिनी प्रदेशसभाको बर्खे अधिवेशन सुरु हुँदै

हिमाल प्रेस ३१ वैशाख २०८२ ७:५९ | Wednesday, May 14, 2025
लुम्बिनी प्रदेशसभाको बर्खे अधिवेशन सुरु हुँदै

काठमाडौँ- लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक आजदेखि सुरु हुँदैछ। आज दिउँसो एक बजे बोठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो।

पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।

जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८२ ७:५९ | Wednesday, May 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast