संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा पेस हुँदै

हिमाल प्रेस ३१ वैशाख २०८२ ७:४४
16
SHARES
संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रियसभामा पेस हुँदै

काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ। बैठक दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।

प्रकाशित: ३१ वैशाख २०८२ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast