‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

हिमाल प्रेस ३० वैशाख २०८२ ८:४५ | Tuesday, May 13, 2025
‘कलैयाका बासिन्दाको खानेपानीसम्बन्धी समस्या समाधान हुने’

बारा- खानेपानीमन्त्री प्रदीप यादवले खपरताता खानेपानी आयोजनाले बारास्थित कलैया उपमहानगरपालिका–८ का स्थानीयको खानेपानीको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।

कलैया–८ स्थित खपरताता खानेपानी आयोजनाको सोमबार यहाँ उद्घाटन गर्दै उनले लामो समयदेखि पानीको समस्या भोगिरहेका यहाँका नागरिकले अब घरमा शुद्ध र स्वच्छ खानेपानी उपभोग गर्न पाउने बताए।

उनले भने, ‘हामीले खपरताता खानेपानी आयोजनाको विधिवत् रूपमा सेवा सञ्चालन गरेका छौँ। सेवा सञ्चालनपछि यहाँ रहेको खानेपानीसम्बन्धी समस्या समाप्त भएसँगै शुद्ध खानेपानी उपभोग गर्न पाउने छन्।’

मन्त्री यादवले प्रत्येक नेपालीलाई शुद्ध र सुरक्षित खानेपानी प्रदान गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार अहिले मन्त्रालयले खानेपानीसम्बन्धी कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८२ ८:४५ | Tuesday, May 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast