बंगलादेश : अवामी लिगको सबै गतिविधिमाथि सरकारले लगायो प्रतिबन्ध

हिमाल प्रेस २८ वैशाख २०८२ १७:१८ | Sunday, May 11, 2025
बंगलादेश : अवामी लिगको सबै गतिविधिमाथि सरकारले लगायो प्रतिबन्ध फाइल तस्बिर

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारले अवामी लिगको सबै गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। सरकारले शेख हसिना नेतृत्वको अवामी लिगमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

यो प्रतिबन्धमा अवामी लिगको ‘अनलाइन प्लेटफर्म’ मा हुने गतिविधि पनि सामेल छन्।

अन्तरिक सरकारको एडभाइजरी काउन्सिलको शनिबार बसेको विशेष बैठकले पूर्वप्रधानमन्त्री हसिना नेतृत्वको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ।

बैठकले फौजदारी न्यायाधिकारसम्बन्धी कानुन संशोधन गर्न पनि स्वीकृति प्रदान गरेको छ। संशोधनअनुसार अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकारले कुनै पनि राजनीतिक दल, उसका सहयोगी वा समर्थक समूहलाई सजाय दिन सक्ने छ।

विगत केही दिनयता बंगलादेशमा प्रदर्शन भइरहेको थियो। नेशनसल सिटिजन पार्टी (एनसीपी) लगायतका राजनीतिक दल तथा कतिपय संगठनहरूले अवामी लिगलाई ‘आतंकवादी संगठन’ भन्दै प्रतिबन्ध लगाउन माग गरिरहेका थिए।

प्रकाशित: २८ वैशाख २०८२ १७:१८ | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast