प्रचण्डलाई शंकर पोखरेलको प्रश्न : तपाईं के बोल्दै हुनुहुन्छ?

हिमाल प्रेस २८ वैशाख २०८२ १०:४० | Sunday, May 11, 2025
प्रचण्डलाई शंकर पोखरेलको प्रश्न : तपाईं के बोल्दै हुनुहुन्छ?

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोलीमा तथ्य नभई कुण्ठा मात्र देखिएको टिप्पणी गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सरकारले राम्रो काम गरिरहँदा प्रचण्डमा पीडा र छटपटी बढेको टिप्पणी गरेका हुन्।

‘प्रचण्डजी तपाई के बोल्दै हुनुहुन्छ? यी तथ्यहरूले तपाईँको बोलीमा तथ्य होइन कुण्ठा मात्र देखिन्छ’, उनले लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदाभन्दा राजस्वमा उल्लेख्य वृद्धि भएको छ।’

पोखरेल आफूहरूको सरकार बनेपछि विदेशी मुद्राको सञ्चिति बढेको, शोधनान्तर स्थितिमा उल्लेख्य बचत भएको र निर्माण व्यावसायीलाई अघिल्लो सरकारले दिन नसकेको भुक्तानी प्रदान गरेको दाबी गरेका छन्। उनले बैंकको तरलता वृद्धि भएको र व्याजदर घटेको तथा लगानी वृद्धि हुन थालेकोसमेत दाबी गरेका छन्।

अहिलेको सरकारको कामको फेहरिस्त प्रस्तुत गर्दै उनले प्रचण्डलाई भनेका छन्, ‘उपरोक्त कारणले नै तपाईँको पीडा र छटपटी बढेको देखिन्छ। होइन र?’

प्रकाशित: २८ वैशाख २०८२ १०:४० | Sunday, May 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast