पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी : पूर्वसभामुख

हिमाल प्रेस २७ वैशाख २०८२ १४:१०
14
SHARES
पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी : पूर्वसभामुख

काठमाडौँ- पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनून् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन्।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्था : चुनौती र समाधान विषयक एकदिने अन्तरसंवादलाई सम्बोधन गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्।

उनले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताए। उनले पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको तर्क गरे।

पूर्वसभामुख रानाभाटले भने, ‘नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई सिकाऊन्। कार्यकर्ता आफ्ना झोले मात्रै बनून् भन्ने परम्परावादी, सामन्ती सोच हाम्रा पार्टीहरूमा छ। दुःखका साथ भन्नुपर्छ। म पनि त्यही पार्टीको ज्यादै जिम्मेवार तहमा बसेर सेवा गरेको मान्छे छु। त्यसैले हामी यो पुरानो शैलीलाई, सामन्ती शैलीलाई चटक्क छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोचबाट प्राथमिकताका प्रश्नलाई खोज्नुपर्छ।’

प्रकाशित: २७ वैशाख २०८२ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast