रिसोट प्रकरणपछि प्रचण्डको पहिलो अभिव्यक्ति, ‘भ्रम छर्ने काम भयो’

हिमाल प्रेस २७ वैशाख २०८२ १२:१६
54
SHARES
रिसोट प्रकरणपछि प्रचण्डको पहिलो अभिव्यक्ति, ‘भ्रम छर्ने काम भयो’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'।फाइल तस्बिर

काठमाडौँ- केही दिनअघि एक रिसोटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विवाहको भोजको सन्दर्भमा पुग्दा शौचालयमा लडेको खबर बाहिरियो।

प्रचण्डकै सचिवालयले समेत प्रचण्ड लडेको खबर आधिकारिक भएको बतायो। यो घटनापछि प्रचण्डमाथि अनेक टिकाटिप्पणी भए। सोही घटनापछि उनी पहिलो पटक पार्टी कार्यक्रममा आज सहभागी भएका छन्। उनले आज कार्यक्रममा भाग लिँदै आफूमाथि घेराबन्दी र मिथ्या खबर बाहिरिएको बताएका छन्।

शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाए।

उनले अब फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे।

चुनौतीका विरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर छ ।

प्रकाशित: २७ वैशाख २०८२ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast