प्रचण्डलाई योगेशको जबाफ : वर्तमान सरकारले सहसचिव हटाएको हो, तपाईंले त सेनापति नै हटाउनुभयो नि

हिमाल प्रेस २३ वैशाख २०८२ १३:१०
2
SHARE
प्रचण्डलाई योगेशको जबाफ : वर्तमान सरकारले सहसचिव हटाएको हो, तपाईंले त सेनापति नै हटाउनुभयो नि

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिपक्षी दलले सरकारका विभिन्न कामलाई पूर्वाग्राही ढंगबाट आलोचना गरेको बताएका छन्।

प्रतिनिधिसभा बैठकको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममा छलफलमा सहभागी हुँदै भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसचिव स्तरीय कर्मचारी हटाएको विषयमा समेत आपत्ति जनाएको भन्दै प्रचण्डले नै विगतमा सेनापति हटाएको उदाहरण दिए। उनले प्रचण्डले यसअघि प्रधानमन्त्री हुँदा नै पनि मुख्यसचिवलाई हुँदै नभएको पद दिलाएको समेत बताए।

‘एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषदको सल्लाकार पोष्ट खडा गर्नुभयो। तपाईँले अर्को मुख्य सचिव ल्याउनुथियो, अनि त्यसो गर्न मिल्थ्यो?’ उनले भने। प्रचण्डले सदनमा दमक बिजिनेस हाउस बनेकोमा आपत्ति जनाएको भन्दै भट्टराईले माओवादीले देशैभर भ्यू टावर र सहिद गेटका नाममा बजेट खेर फालेको दाबी गरे।

उनले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताए ।

प्रकाशित: २३ वैशाख २०८२ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast