रेशम चौधरी पक्राउको विषयमा गृहमन्त्रीले सदनमा जबाफ दिने

हिमाल प्रेस २३ वैशाख २०८२ १२:३२
24
SHARES
रेशम चौधरी पक्राउको विषयमा गृहमन्त्रीले सदनमा जबाफ दिने गृहमन्त्री रमेश लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले बैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा रेशम चौधरीलाई पक्राउ गरिएको घटनामा विषयमा जबाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जबाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते बस्ने बैठकमा सो घटनाका विषयमा जबाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले जानकारी दिए।

त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए। तर उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरुले सरकारको जबाफ आउनुपर्ने भन्दै निरन्तर विरोध जनाएपछि गृहमन्त्रीले वैशाख २५ गते जबाफ दिने मौखिक जानकारी संसद् सचिवालयका सदस्यलाई जानकारी गराउएका थिए।

गृहमन्त्रीको जबाफ आउने भनेपछि उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरु बसेका थिए।

प्रकाशित: २३ वैशाख २०८२ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast