
काठमाडौँ- राजावादी आन्दोलनका क्रममा पक्राउ परेका नेताकार्यकर्ताको रिहाइका लागि जारी अनशनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ऐक्यवद्धता जनाएका छन्।
ललितपुरको जावलाखेलमा जारी अनशनको ऐक्यबद्धताका लागि लोहनी त्यहाँ पुगेका हुन्। अनशन ४ दिनदेखि जारी छ।
तीनकुने घटनामा संलग्न भएको भन्दै राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, सन्तोष राजावादी नेताहरू पक्राउ परेका थिए। उनीहरूको रिहाइका लागि राप्रपाले विभिन्न दबाबमूलक कार्यक्रम गरेको थियो।
प्रकाशित: २२ वैशाख २०८२ १२:५२
प्रतिक्रिया