प्रिशा शाहको निधनको सत्यतथ्य छानबिनका लागि सभामुखको रुलिङ

हिमाल प्रेस २२ वैशाख २०८२ ११:३४
12
SHARES
प्रिशा शाहको निधनको सत्यतथ्य छानबिनका लागि सभामुखको रुलिङ सभामुख देवराज घिमिरे।

काठमाडौँ- भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे सत्यतथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा सांसदहरूले उठाएको सोही विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सभामुखले सरकारलाई रुलिङ गरेका हुन्।

‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो। सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु।’ सभामुखले भनेका छन्,‘विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु।’

प्रकाशित: २२ वैशाख २०८२ ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast