एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा हारून हलवाई निर्वाचित

हिमाल प्रेस २२ वैशाख २०८२ ७:०६
एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा हारून हलवाई निर्वाचित

काठमाडौँ- नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनमा सर्वसम्मत नेतृत्व चयन भएको छ। आइतबार सकिएको सातौं अधिवेशनले अध्यक्षमा हारून हलवाई कादरीलाई निर्वाचित गरेको हो।

उपाध्यक्ष तैयब हुसेन चुनिएको छन्। महिला उपाध्यक्ष सजिदा सिद्धिकी निर्वाचित भएकी छन् भने महासचिव राज मोहम्मद अन्सारी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ।

सातौं अधिवेशनले जबुल मियाँलाई उपमहासचिव, अब्दुल करिम खान अर्थसचिव, सुलेमान मियाँ विदेश सचिव, हलिम खान संगठन सचिव र रिसासत लिमी प्रचार सचिव चुनेको छ।

सातौँ अधिवेशनले ६५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको संगठनले जानकारी दिएको छ। नेपालगञ्जमा भएको सातौं महाधिवेशनको उद्घाटन शनिबार एमाले महासचिव शंकर पोखरेलले गरेका थिए।

प्रकाशित: २२ वैशाख २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast