एमाले सचिवालय बैठक बस्दै, फुकुवा होला विन्दा र उषाकिरणको निलम्बन?

हिमाल प्रेस २१ वैशाख २०८२ ८:०५
36
SHARES
एमाले सचिवालय बैठक बस्दै, फुकुवा होला विन्दा र उषाकिरणको निलम्बन?

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। बैठक पार्टी कार्यालय च्यासलमा दिउसो २ बजे सुरु हुनेछ।

यसअघि कारबाहीमा परेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको बारेमा निर्णय लिने सम्भावना छ। पार्टी अनुशासनविपरीत अभिव्यक्ति दिएको भन्दै उनीहरू कारबाहीमा परेका थिए।

यसका अलावा बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने स्रोतको दाबी छ।

प्रकाशित: २१ वैशाख २०८२ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast