राष्ट्रियसभा बैठक बस्दै, संवैधानिक परिषद्को संशोधन विधेयक पारित गर्ने तयारी

हिमाल प्रेस २१ वैशाख २०८२ ८:००
14
SHARES
राष्ट्रियसभा बैठक बस्दै, संवैधानिक परिषद्को संशोधन विधेयक पारित गर्ने तयारी राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू। फाइ

काठमाडौँ- राष्ट्रियसभा बैठक आज बस्ने भएको छ। संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ।

संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन्।

त्यस्तै राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८२ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast