नीति तथा कार्यक्रम समग्रमा ठीक छ : महत

हिमाल प्रेस १९ वैशाख २०८२ १९:२८
नीति तथा कार्यक्रम समग्रमा ठीक छ : महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारको नीति तथा कार्यक्रम समग्रमा ठीक रहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएपछि शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले परम्परागतभन्दा एक कदम अगाडि बढ्नुपर्नेमा केही कमी भए पनि नीति तथा कार्यक्रम समग्रमा ठीक रहेको बताएका हुन्।

मूलभूत रुपमा सरकारको कार्यक्रम कार्यान्वयनमा निर्भर रहने उनले बताए। महतले कृषि क्षेत्रमा उत्पादनका आधारमा मात्र सहयोग गर्ने कुरामा आउन नसकेको, शिक्षाको गुणस्तरका साथै यससम्बन्धी विषयमा पनि गम्भीर ध्यान दिनुपर्ने उनले बताए।

उनले अर्थतन्त्र चलायमान बनाउन प्राथमिकिकरण गर्दै परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउन जरुरी रहेको जिकिर गरे।

प्रकाशित: १९ वैशाख २०८२ १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast