विद्यार्थी भर्ना, कक्षा १२ को परीक्षा र एसईई उत्तरपुस्तिका परीक्षणमा लाग्न महासंघको निर्देशन

हिमाल प्रेस १७ वैशाख २०८२ २१:२९ | Wednesday, April 30, 2025
विद्यार्थी भर्ना, कक्षा १२ को परीक्षा र एसईई उत्तरपुस्तिका परीक्षणमा लाग्न महासंघको निर्देशन नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आम शैक्षिक हडताल स्थगित गर्दै शिक्षकहरूलाई विद्यार्थी भर्ना, कक्षा १२ को परीक्षा र एसईई उत्तरपुस्तिका परीक्षणमा लाग्न निर्देशन दिएको छ।

बुधबार सरकारसँग नौ बुँदे सहमति भएपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले उक्त निर्देशन दिएमा हुन्।

उनले भने, ‘हाम्रा मागमा क्याविनेटले निर्णय गरेसँगै आम शैक्षिक हडताल स्थगित भएको छ। नियमित कक्षा सञ्चालन गरी विद्यार्थी भर्ना, कक्षा १२ को परीक्षा र एसईई उत्तरपुस्तिका परीक्षणमा लाग्न अनुरोध छ।’

उनका अनुसार जेठ १५ गतेभित्र शिक्षा ऐन जारी नभए अहिलेको भन्दा कडा आन्दोलन हुनेछ।

प्रकाशित: १७ वैशाख २०८२ २१:२९ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast