
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित निकालेको छ।कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराउँदै गुजरातले १२ अंक बनायो। जितको लागि १ सय ९९ रनको चुनौती पछाएको कोलकाता २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा समेटियो।
कोलकाताले पहिलो पावर प्लेमा ४५ रन मात्र जोड्दा २ विकेट गुमाइसकेको थियो। ओपनर रहमानुल्लाह गुर्बाज १ रनमा र सुनिल नराइन २७ रनमा आउट भए। भेन्कटेश अयर १४ रनमा पबिलियन फर्किए।
कप्तान अजिन्के राहने अर्धशतक बनाएर चौथो विकेटको रूपमा आउट भए। उनले ३६ बल खेल्दै ५ चौका र १ छक्क प्रहार गरे। ४ विकेटको नोक्सानीमा कोलकाताले मात्र ९१ रन बनायो। अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। आन्द्रे रसलले २१ रन बनाउँदा अंकृश रघुवंशीले अविजित २७ रनमा रहे। बलिङमा प्रसिद्ध कृष्णा र रसिद खानले २र२ विकेट लिए।
टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरूलाई निरीह बनाउँदै सानदार सुरुवात गर्यो।
गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १९८ रन बनायो। यी दुईले १२ ओभर २ बलमा ११४ रनको साझेदारी गर्दै गुजरातलाई राम्रो सुरुवात दिलाउन सफल रहे। ३६ बलमा ५२ रन जोडेर साई आउट भए।
सानदार पारी खेलेका उनले ५५ बल खेल्दै १० चौका र ३ छक्का प्रहार गर्दै ९० रनको योगदान दिए।
जोस बटलर २३ बल खेल्दै अविजित ४१ रनना क्रिजमा रहे। साहरुख खानले अविजित ११ रन जोडे। कोलकताका मात्र दुई बलर आन्द्रे रसल र वैभव अरोराले १-१ विकेट लिए। अन्य चार बलर विकेटविहीन रहे।