शिक्षक आन्दोलनमा घुसपैठ आशंकामा एक जना प्रहरी नियन्त्रणमा

हिमाल प्रेस ८ वैशाख २०८२ १४:१४ | Monday, April 21, 2025
शिक्षक आन्दोलनमा घुसपैठ आशंकामा एक जना प्रहरी नियन्त्रणमा

काठमाडौँ- शिक्षक-कर्मचारीको २० औं दिनको आन्दोलनमा घुसपैठ भएको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले ‘नागरिक पहिलो अभियान’ का अभियन्ता सनोज महतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालको राष्ट्रिय झण्डा, ‘नागरिक पहिलो अभियान’ को लोगो र दौरासुरवालको भेषमा आन्दोलनस्थलमा प्रवेश गरी आफूहरूमाथि हातपात गरेपछि आफूहरूले प्रतिकार गरेको शिक्षकहरूले बताएका छन्।

‘२० औं दिनको आन्दोलनमा हाम्रा साथीहरूमाथि अपरिचित व्यक्ति घुसपैठ भएर आन्दोलन बिथोल्ने प्रयास भयो। हाम्रा शिक्षकहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्,’ नेपाल शिक्षक महासंघका केन्द्रीय समिति सदस्य कुमार बजगाईँले हिमालप्रेससँग भने, ‘शान्तिपूर्ण आन्दोलन जारी रहँदा कुनै मानिस आएर आन्दोलन बिथोल्न दुष्प्रयास गरेको छ भने त्यसको शिक्षकले मात्रै होइन अभिभावक र विद्यार्थीबाट प्रतिकार बेहोर्नुपर्नेछ।’

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपीलराज बोहराले शिक्षक आन्दोलनमा घुसपैठ भएको हो होइन त्यसको अनुसन्धान भइरहेको हिमालप्रेसलाई जानकारी दिए। आन्दोलनमा शान्ति खलबल्याउन खोज्ने एक जनालाई प्रहरी नियन्त्रणमा लिएको उनले जानकारी दिए।

 

प्रकाशित: ८ वैशाख २०८२ १४:१४ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast