आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाउनेले शिक्षक आन्दोलनको विरोध गरे : अध्यक्ष अधिकारी

हिमाल प्रेस ८ वैशाख २०८२ १०:१८ | Monday, April 21, 2025
आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाउनेले शिक्षक आन्दोलनको विरोध गरे : अध्यक्ष अधिकारी

काठमाडौँ- एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष शंकर अधिकारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपठाउनेहरूबाट जारी शिक्षक आन्दोलनको विरोध भएको बताएका छन्।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षा ऐन जारी गर्न माग गर्दै २० दिनदेखि भइरहेको आन्दोलनको कतिपय मानिसहरूले विरोध जनाएपछि अध्यक्ष अधिकारीको उक्त भनाइ आएको हो।

उनले सामाजिक सञ्जालमार्फत भने, ‘जो आफ्ना बालबच्चा सार्वजनिक विद्यालय पठाउँदैनन् तिनलाई सार्वजनिक विद्यालयको औधी मायाको नाटक गरेर सार्वजनिक विद्यालय रित्तियो भन्ने अफवाह फैलाइरहेका छ्न्।
भ्रमित बनाई रहेका छ्न्।’

भर्ना अभियानको नाममा शिक्षा ऐनका लागि भइरहेको आन्दोलन कमजोर बनाउन उनीहरूले चाहेको बताउँदै अधिकारीले भने, ‘हामी भन्छौं, विद्यालय शिक्षा ऐन जारी भएपछि सार्वजनिक विद्यालयमा हजारौं विद्यार्थी थपिनेवाला छ। तपाईंहरू हामीहरूलाई थेग्न हम्मेहम्मे पर्नेवाला छ। त्यसैले त यस्ता संचालित प्रवृत्तिहरू आतंकित छ्न्, सरकारलाई उत्तेजित पारिरहेका छ्न्, समाजलाई भ्रमित पारिरहेका छ्न्।’

उनले अब अग्रगामी विद्यालय शिक्षा ऐन नै समस्याको समाधान भएको बताउँदै आन्दोलनको विकल्प विद्यालय शिक्षा ऐन जारी नै भएको बताए।

प्रकाशित: ८ वैशाख २०८२ १०:१८ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast