‘मतभेद नराखी एकताबद्ध भएर देश बनाऔँ’

हिमाल प्रेस ५ वैशाख २०८२ १९:२२
28
SHARES
‘मतभेद नराखी एकताबद्ध भएर देश बनाऔँ’ प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मतभेद नराखेर एकताबद्ध भई देश बनाउन आह्वान गरेका छन्।

शुक्रबार चितवनमा पूर्वपश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ ६ लेनको सडकखण्डको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सधैँ राजनीति र चूनावमा मात्रै ध्यान नदिइ विकासका लागि सबै मतभेद हटाएर एकताबद्ध हुन आह्वान गरेका हुन्।

विचारमा विविधिता हुन सक्ने भए पनि देशको विकासमा मतभेद नराख्न उनले आग्रह गरे।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यताका साथ मुलुकलाई सुशासन कायम गर्दै मुलुकलाई विकासको बाटोतर्फ तीव्रताका साथ अघि बढाउन सरकारको ध्यान केन्द्रीत रहेको धारणा राखे।

प्रधानमन्त्री ओलीले मुलुकको विकासका साथै स्थिरता र स्थायित्व कायम गर्न ठूला दुई दल सरकारमा रहेको जिकिर गरे। उनले देशमा संविधानविपरित र अपराधिक क्रियाकलाप गर्नेहरु कानूनभन्दा माथि हुनसक्दैन भन्ने स्थापित भएको बताए।

उनले एसियाली मापदण्डको सडकको सुरुवात चितवनको भरतपुरबाट भएको जिकिर गरे।

प्रधानमन्त्री ओलीले चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक समयमै पूरा हुने बताएका छन् । उक्त सडकको गैँडाकोट खण्डको आज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले अब निर्माण कार्यमा कुनै ढिलाइ गर्न नहुने बताए। सडक निरीक्षणकै क्रममा उनले निर्माणमा संलग्न ‘चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशन लिमिटेड’ का प्रतिनिधिसँग समेत सडकको प्रगतिबारे जानकारी लिए।

उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताए। व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने अहिले भाष्य बनाउन खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे।

उक्त सडक खण्डको २०७७ माघ १७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारको लागतमा निर्माण सम्पन्न भएको हो।

प्रकाशित: ५ वैशाख २०८२ १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast