आज देशभरको मौसम बदली, केही क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

हिमाल प्रेस २ वैशाख २०८२ ७:५७ | Tuesday, April 15, 2025
आज देशभरको मौसम बदली, केही क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ- देशमा हाल पश्चिमी तथा स्थानीय वायुले प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यस प्रणालीको प्रभावस्वरूप आज देशका विभिन्न भू–भागमा आंशिकदेखि साधारण बदली र हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

मंगलबार दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ। अन्य भागहरूमा मुख्यतः सफादेखि आंशिक बदली रहने जनाइएको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावनासमेत रहेको छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहन सक्नेछ भने अन्य भागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागमा भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने जनाइएको छ। महाशाखाले विशेषगरी खुला आकाशमा रहने, हिमाली यात्रा गर्ने वा सवारी साधन सञ्चालन गर्नेहरूलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

प्रकाशित: २ वैशाख २०८२ ७:५७ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast