 तस्बिर : सिन्ह्वा
                             तस्बिर : सिन्ह्वा
                                            काठमाडौँ- म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या दुई हजार ८८६ पुगेको छ। भूकम्पमा परी चार हजार ६३९ जना घाइते भएको बताइएको छ।
गत शुक्रबार म्यानमारमा ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो। म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्टले आपतकालनि आपूर्ति वितरणमा रसद समन्वयको अभाव प्रमुख समस्या बनेको बताएका छन्।
उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा सुरक्षा चिन्ताका कारण आपूर्ति वितरणमा ठूलो समस्या भोगिरहेका छन्। यसका साथै भारी यन्त्रको अभावले उद्धार कार्यलाई थप कठिन बनाएको न्युन्टले बताए।
यो भूकम्पले म्यानमारको पश्चिमी र दक्षिणी क्षेत्रलाई ठूलो प्रभाव परेको छ। यी क्षेत्रहरूमा दर्जनौँ घर र भवनहरू पूर्णरूपमा ध्वस्त भएका छन्। त्यहाँको सरकारले आपतकालीन राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेको छ।
राहत कार्यका लागि म्यानमारका प्रमुख सहर र ग्रामीण क्षेत्रहरूमा प्रभावित जनतासम्म खाना, पानी र स्वास्थ्य सहायता पुर्याउन प्रगति भइरहेको छ। तर, हालको चिन्ता भनेको जीवितलाई उद्धार गर्न आवश्यक पर्ने थप स्रोत र उपकरणहरूको अभाव रहेको बताइएको छ।–रासस/सिन्ह्वा

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![म्यानमारमा भूकम्प : मृतकको संख्या १६ सय नाघ्यो [तस्बिरहरूसहित]](https://himalpress.com/wp-content/uploads/2025/03/manmar4.jpg) 
                                             


 
  
  
  
  
  
  
  
  
  
 