 हिक्मत कार्की। फाइल तस्बिर।
                              हिक्मत कार्की। फाइल तस्बिर।
                                            इटहरी- प्रदेश १ सरकारको नेतृत्व एमालेको भागमा परेको छ। शीर्ष नेताहरूबीच भएको छलफलपछिको सहमतिले प्रदेश १ मा एमालेले नेतृत्व गर्ने भएको हो।
सहमति भएपछि नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्। कार्कीले आज (आइतबार) दिउँसोसम्म दाबी पेस गर्ने तयारी गरेको बताइएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि आज साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ र जसपा १ सांसद छन्। कांग्रेसबाहेक अरू सबै दल मिलेर सरकार बनाउने तयारी भइरहेको छ।
                            प्रकाशित: २४ पुष  २०७९ ९:५२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 