तीनकुने घटना छानबिनका लागि आयोग बनाउन लोकेन्द्रबहादुर चन्दको माग, ‘अब सबै एक ठाउँ आउनुपर्छ’

हिमाल प्रेस १८ चैत २०८१ २१:१० | Monday, March 31, 2025
तीनकुने घटना छानबिनका लागि आयोग बनाउन लोकेन्द्रबहादुर चन्दको माग, ‘अब सबै एक ठाउँ आउनुपर्छ’

काठमाडौँ- पूर्वप्रधामन्त्री एवं राप्रपाका संस्थापक लोकेन्द्रबहादुर चन्दले गत चैत १५ मा निन्दनीय र दुर्भाग्यपूर्ण घटना घटेको बताएका छन्। एक विज्ञप्तिमार्फत चन्दले सोही घटनाबाट आफू मर्माहत बनेको जनाएका छन्।

चन्दले घटनाका मृतकप्रति समवेदना प्रदान गर्दै सत्यतथ्य छानबिनका लागि उच्च स्तरीय आयोग बनाउन माग गरेकाछन्। उनले राजसंस्था पुनर्स्थापनाका लागि भएको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्।

पूर्वप्रधानमन्त्री चन्दले सोमबार विज्ञप्ति जारी गर्दै नजरबन्दमा राखिएका राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र हिरासतमा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई बिनासर्त रिहान गर्न माग गरेका हुन्।

‘नजरबन्दमा राखिनुभएका राजसंस्था पुनःस्थापना लागि संयुक्त जनआन्दोलन समन्वय समितिका संयोजक तथा वरिष्ठ नेता श्री नवराज सुवेदी तथा हिरासतमा राखिनुभएका राप्रपाका वरिष्ठ उपाध्यक्ष श्री रविन्द्र मिश्र, राप्रपाका महामन्त्री माननीय श्री धवलशमशेर राणा लगायत पक्राउ परेका सम्पूर्ण बन्दीहरुको यथाशीघ्र विनाशर्त रिहाइको माग गर्दछु,’ उनले भनेका छन्।

निषेधको राजनीतिबाट अब देश अघि बढ्न नसक्ने उनले बताएका छन्।

प्रकाशित: १८ चैत २०८१ २१:१० | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast