प्रमुख सहरमा एमालेको मोटरसाइकल र्‍याली

हिमाल प्रेस १८ चैत २०८१ १८:५३ | Monday, March 31, 2025
प्रमुख सहरमा एमालेको मोटरसाइकल र्‍याली नेकपा (एमाले)ले जागरण अभियानअन्तर्गत सोमबार काठमाडौँमा निकालेको मोटरसाइकल र्‍याली। तस्बिर : रासस

काठमाडौँ- नेकपा एमालेले राजतन्त्रवादीको हर्कतविरुद्ध काठमाडौँलगायत देशभर मोटरसाइकल र्‍याली निकालेको छ।

राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रका पक्षमा जागरण सन्देश दिन भन्दै एमालेले काठमाडौँलगायत देशभर मोटरसाइकल र्‍याली निकालेको हो। काठमाडौँको तीनकुनेबाट सुरु भएको र्‍यालीले विभिन्न स्थानको परिक्रमा गरेको थियो।

प्रतिगमनको दुष्प्रयास नकाम बनाऔँ, लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गरौँ भन्दै मोटरसाइकल र्‍यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।

मोटरसाइकल र्‍यालीमा सहभागीले गणतन्त्र जिन्दाबाद, प्रतिगमन मुर्दाबाद, हिंसा, हत्या र लुटपाट मुर्दाबादलगायतका नारा लगाएका थिए।

प्रकाशित: १८ चैत २०८१ १८:५३ | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast