प्रतिनिधिसभा बैठक : प्रतिस्थापन विधेयक पारितको दबाबमा सरकार, कुलमान बर्खास्तीको जबाफ दिँदै ओली

हिमाल प्रेस १८ चैत २०८१ ६:४० | Monday, March 31, 2025
प्रतिनिधिसभा बैठक : प्रतिस्थापन विधेयक पारितको दबाबमा सरकार, कुलमान बर्खास्तीको जबाफ दिँदै ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै रास्वपा सांसद सुमना श्रेष्ठ। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। पाँचौँ अधिवेशनको २५ औँ बैठक बिहान ११:०० बजे बोलाइएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन्।

घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको भनाइ छ। उनीहरूको अडानका कारण बिहीबार, शुक्रबार र आइतबारको बैठक प्रभावित भइसकेको छ।

विपक्षीले सदनमा प्रधानमन्त्रीले जबाफ नदिँदासम्म सदन चल्न नसक्ने बताइरहँदा ओलीले भने आफूले जबाफ नदिने घोषणा सार्वजनिक कार्यक्रममार्फत गरेका थिए।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकमा भने उनी जबाफ दिने निष्कर्षमा पुगेका छन्। एमाले प्रमुख सचेतक महेश बर्तौलाले चैत १८ गते बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षीको मागबमोजिम प्रधानमन्त्री ओलीले सदनमा सम्बोधन गर्ने जानकारी दिए ।

प्रकाशित: १८ चैत २०८१ ६:४० | Monday, March 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast