श्रमिक वर्गको हितका लागि स्वतन्त्र आउटसोर्स श्रमिक संगठन प्रतिबद्ध

हिमाल प्रेस २३ पुष २०७९ २०:१७
6
SHARES
श्रमिक वर्गको हितका लागि स्वतन्त्र आउटसोर्स श्रमिक संगठन प्रतिबद्ध

काठमाडौँ– आउट सोर्सिङ श्रमिक संगठन नेपालका ५५ जना नेता कार्यकर्ता नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनमा समाहित गरेका छन्। शनिबार काठमाडौँमा भएको कार्यक्रममा आउटसोर्सिङ श्रमिक संगठन नेपालका अध्यक्ष गोविन्द सापकोटाको नेतृत्वमा संगठनमा आबद्ध नेता कार्यकर्ताको टीम नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनमा समाहित भएका हुन्।

कार्यक्रममा सुरक्षाक्षेत्र युनियन परिषद्का केन्द्रीय अध्यक्ष विष्णु लम्साललगायतको टीमले उक्त कमिटीलाई खादा र टीका लगाएर स्वागत गरेको हो।

‘आन्दोलनबाट आएको ट्रेड युनियनले मजदुरको पक्षमा काम गर्छ भन्ने आम मान्यता थियो तर त्यसले पनि पूँजीवादीको पक्षपोषण गरेको पाइयो,’ अध्यक्ष लम्सालले भने, ‘यो भनेको विचारको स्खलन हो। आफ्नो विचार र सिद्धान्तबाट विचलित हुनु भनेको मालिकसामु आत्मसमर्पण गर्नु बराबर हो।’

आउटसोर्सिङ श्रमिक संगठन विचार मिल्ने संगठनमा प्रवेश गरेकोमा धन्यवाद प्रकट गर्दै उनले नयाँ जिम्मेवारी साथ अगाडि बढ्न आग्रह गर्दै शुभकामनासमेत व्यक्त गरे। यस्तै सुरक्षाक्षेत्र युनियन परिषदका इन्चार्ज प्रेमबहादुर कार्कीले आगामी दिनमा कुनै पनि क्षेत्रमा काम गर्ने श्रमिकलाई परेको पिरमर्काको जिम्मा संगठनले लिने बताए।

‘हामी श्रमिक वर्गको हित र संरक्षणको लागि सधैं पहल कदमी लिने छौ र जिम्मेवार भएर हाम्रा माग सम्बोधन गर्न र गराउन सम्बन्धित पक्षलाई घच्घच्याउने छौं,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nine =