‘फरार’ दुर्गा प्रसाईको भिडियो सन्देश : म भागेको छैन

हिमाल प्रेस १७ चैत २०८१ १३:५९ | Sunday, March 30, 2025
‘फरार’ दुर्गा प्रसाईको भिडियो सन्देश : म भागेको छैन भिडियोमार्फत सन्देश दिइरहेका दुर्गा प्रसाई। फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनमा उच्छृंखल गतिविधि गरेर फरार रहेका दुर्गा प्रसाईले भिडियो मार्फत सन्देश छाडेका छन्।

राजावादीहरूको जन आन्दोलनको कमाण्डर समेत रहेका प्रसाईले आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन्। ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन। म भागेको छैन । पुलिस प्रशासनले मलाई खोज्न पर्दैन । म सुरक्षित मात्र भएर जन्मेको हुँ। म भाग्नलाई जन्मेको होइन।’

प्रसाईले भिडियोमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ।’

प्रकाशित: १७ चैत २०८१ १३:५९ | Sunday, March 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast