काठमाडौँ- प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
आजको बैठकमा सत्ता पक्षका सांसदहरूले पनि संसद्को कारबाही अघि बढाउनुपर्ने माग गर्दै उठेका थिए ।
प्रकाशित: १७ चैत २०८१ १३:५३ | Sunday, March 30, 2025
प्रतिक्रिया





